1 year ago, 14 minutes read

किन बारम्बार खेर जान्छ गर्भ ?

एउटा हिन्दी फिल्मको चर्चित dialogue छ, "किसी चीजको पुरी शिद्दत से चाहो तो पुरी कायनात उसे आपसे मिलानेमे लगजाती है ।" जसको अर्थ हामीले केहि कुरा मनैबाट माग्यौ भने प्रकृतिले पनि त्यो कुरा सम्भव बनाउनमा मद्दत गर्छ भन्ने हुन्छ । तर जीवनमा कैयौं कुरा यस्ता पनि हुँदा रहेछन् जो जति समर्पणका साथ माग्दा पनि पुरा हुन नसक्दा रहेछन् । हुन त म यति निराशावादी मान्छे पनि हैन तर केहि नसोचेका घटना घटेमा मान्छे बदलिन पुग्दो रहेछ ।

आज भन्दा ठ्याक्कै ४ महिना अघि मेरो जीवनमा भएको क्षति मेरो लागि एकदमै दर्दनाक थियो । मैले धेरै समय देखि देखेको आमा बन्ने सपना पुरा हुनै लाग्दा मेरो गर्भ खेर गयो  र मैले आफ्नो सपना र सबैभन्दा ठूलो खुसी गुमाउनु पर्यो । महिला भएर जन्मिनु अनेक रहर र जिम्मेवारीको भारी बोक्नु बराबर हुँदो रहेछ । मैले जे गुमाए त्यो मेरो सपना मात्र नभएर समाजबाट म प्रति राखिएको अपेक्षा पनि थियो । मैले गर्भधारण गरेको ४ महिना जस्तो भएको थियो । सबै ठिकै चल्दै थियो तर अचानक मेरै लापरवाही ले गर्दा मैले मेरो गर्भ गुमाउनु पर्यो ।

मेरो भागी विवाह भएको थियो र त्यही कारणले गर्दा म अलि हेलामा परेको थिएँ । नेपाली समाजमा मायाको लागि कुनै ठाउँ रहेनछ भन्ने कुरा मैले मेरो विवाहको बेला बुझें। मेरो आफ्नै माइती मेरो पक्षमा थिएन, म समाजबाट त के आशा राख्न सक्थें । केहि नसोची मैले परिवार माथि माया रोजें  र अहिले भोग्दै छु त्यसकै परिणाम ।

परिवार

कति सुन्दर शब्द छ है 'परिवार' । तर सबै परिवार सुखी नहुँदा रहेछन्। मैले पनि आफ्नो एउटा सानो र सुखी परिवारको सपना नदेखेको हैन तर त्यो परिवार सुरु नै नभई टुंगिनु पर्यो । मैले गर्भधारण गरेको खबर सुन्दा मेरो सासु ससुरा सबै एकदम खुशी हुनुहुन्थ्यो । आफन्तमा मिठाइ पनि चखाइयो र खुशी साटियो । तर नेपाली समाज द्वारा निर्धारण गरिएको बुहारीको भूमिकाबाट म कहिलै अछुत हुन सकिन ।

गर्भ

म भित्र अर्को धड्कनले बास लिँदा मलाई पूर्ण भएको महशुस भएको थियो । आफु कसैको घर बन्न पाउँदा यस्तै पूर्ण महशुस हुन्छ होला । मेरो खानपिन र रहनसहनमा अलि विशेष ध्यान पुर्याउनु पर्ने समय थियो यो । गर्भ बसेको बेला मात्र अर्को धड्कन आफु भित्र हुने रहेनछ त्यो संगसंगै धेरै मानसिक असन्तुलन पनि निम्त्यौदो रहेछ त्यो समयले । मलाई बारम्बार pregnancy blues को लहरहरु आउँथे । pregnancy blues भन्नाले गर्भधारण गरेको बेला आउने निराशाबादी सोचहरु हो । यो अवस्थामा मानसिक स्वास्थ्यमा पनि एकदम ध्यान पुर्याउनु पर्दो रहेछ । मैले त्यो कहाँनेर लापरवाही गरें मलाई थाह छैन तर चाहिने जति ख्याल भने राख्न सकिन । मैले त्यो बेला घरको काम पनि सम्हाल्नु पर्ने हुन्थ्यो । बुहारी शब्द संग जोडिएर आउने सबै भूमिका निभाउनु पर्ने हुन्थ्यो । म त्यहि कुरालाई लिएर अलि बढी तनाव पनि लिने गर्थें । त्यहि क्रममा मेरो र मेरो श्रीमानको मनमुटाब पनि हुन्थ्यो जसले मलाई थप तनाब दिने गर्थ्यो । घरको काम पनि उत्तिकै गर्नु पर्थ्यो ।

यस्तै कुराहरु खेल्छन अक्सर मेरो मनमा र पत्ता लाउन खोज्छु म मेरो गर्भ खेर जानु को कारण । खानपिन नमिलेको पो होकी बा ? या तनाब धेरै लिनु को परिणाम थियो यो ? यस्तै प्रश्नहरुले घेरेको महशुस हुन्छ मलाई ।

गर्भ नरहनुको पनि थुप्रै कारण हुँदा रहेछन् । आफ्नै मनलाई शान्त पार्ने क्रममा मैले यसको बारे धेरै खोजि गरे र निम्न कुराहरु थाहा पाएँ :

गर्भपतनको मुख्य कारणहरु

Chromosomal abnormalities

गर्भपतानको सबैभन्दा ठुलो कारण भनेको भ्रुणको गुणसुत्र सम्बन्धि समस्या आउनु हो । यो समस्या विभिन्न कारणले उब्जिन सक्छ । जब आमाको शरीर भित्र भ्रूण बन्छ, तब यदि भ्रुणको गुणस्तरमा गडबडी भयो भने भ्रूण सहि संग विकास हुन सक्दैन र प्राकृतिक रुपमा गर्भपतन हुन सक्ने सम्भावना बढ्छ ।

वंशाणुगत कारण र स्वास्थ्य सम्बन्धि समस्या

आमा र बुवा मध्ये कसैलाई वंशानुगत रोग छ भने भ्रुणको विकास सहि ढंगले हुन सक्दैन । थाईराइड, मधुमेह, उच्च रक्तचाप, PCOS, PCOD जस्ता समस्याहरुले पनि गर्वपतनको जोखिम वृद्धि गराउँछ। 

संक्रमण ( Infections )

गर्भावस्थामा केहि रुबेला, CMV, वा STDs जस्ता भाइरल वा ब्याक्टेरियल संक्रमणहरुको सिकार भएमा पनि भ्रुणको विकासमा असर पुर्याउन सक्छ, जसले गर्भपतन गराउँछ । 

गर्भाशय वा पाठेघरको समस्या (uterine & cervical issues)

कहिलेकाहीँ महिलाको पाठेघरको बनावट असामान्य हुँदा वा पाठेघर कम्जोर हुँदा भ्रूणलाई सहि रुपमा राख्न सकिँदो रहेनछ । Cervix कमजोर भएको अवस्थामा पनि यस्तो समस्या आउन सक्दो रहेछ । 

जीवनशैली र कुलत 

आमाको उमेर 

२० वर्ष नपुगेका र ३५ वर्ष भन्दा माथि उमेर भएका महिलाहरुको शरीरले भ्रुणको लागि अनुकुल वातावरण प्रदान गर्न सक्दैन र गर्भपतनको सम्भावना बढाउछ । उमेर संगै गुणसुत्रीय असामान्यताको जोखिम पनि बढ्छ ।

वैवाहिक समस्या 

बिभिन्न महिलाहरुले घरेलु हिंशा जस्ता डरलाग्दा समस्याहरु भोग्नु परेको हुन्छ । यस्ता वा कुनै पनि वैवाहिक जीवनमा उब्जने समस्याले महिलाको मानसिक अवस्थालाई असर पार्छ जसले गर्दा गर्भपतन हुन सक्छ ।

कसरि जोगिने गर्भपतनबाट ?

भनिन्छ समस्या समाधान सहित उब्जन्छ । हरेक समस्याको जस्तै यो समस्याको पनि विभिन्न समाधानहरु छन् । गर्भपतनबाट जोगिने उपाएहरु निम्न लिखित छन् :

यस्तै कुराहरु पढ्दै र बुझ्दै जाँदा मलाई एक्लो महशुस हुँदैन थियो । धेरै आमाहरुले 'आमा' भन्ने शब्द सुन्न नपाउँदै आफ्नो गर्भ गुमाउनु पर्दो रहेछ जस्तो लाग्थ्यो । कति दर्दनाक कहानीहरु हुन्छन एक महिलाको जीवनमा र कति पिडाबाट गुज्रिनु पर्छ एक महिलालाई । यस्तै सोचहरु उब्जन्छन अक्सर मेरो मनमा । तर फेरी यस्ता समस्याका उपाए पनि निस्कन्छन मनैमा । अहिले त प्रविधिको जमाना छ, जे पनि गर्न सकिन्छ जस्तो महशुस हुन्छ । धेरै पटक गर्भपतन भएमा पनि बच्चा जन्माउने इक्षा मार्नु पर्ने अवस्था छैन अहिले । निरन्तरको निगरानीमा औषधि सेवन, अवस्था अनुरुपको उपचार जस्तै  हर्मोन थेरापी, सर्जरी, IVF, जीवनशैली परिवर्तन, भावनात्मक सहयोग आदिले धेरै महिलाले सन्तान प्राप्त गर्ने सौभाग्य प्राप्त गरेका छन्।

निष्कर्ष 

गर्भपतन शारीरिक मात्र नभई मानसिक र भावनात्मक रुपमा पनि गहिरो प्रभाव पार्ने विषय हो । नेपाली समाजमा यस बारे खुलेर कुरा गर्न सकिने अवस्था नभएका कारण पनि कति महिलाहरु गहिरो उत्पीडनबाट गुज्रिनु परिरहेको अवस्था छ । यसरी जीवनमा उब्जने हरेक समस्यालाई आरामले केलाएर समाधान निकाल्न सक्नु अत्यन्तै आवश्यक हुन जान्छ । जीवनमा आउने जटिल समयमा आफुलाई सम्हाल्न सके त्यो समय पनि कट्दो रहेछ । बारम्बार गर्भ खेर गएमा पनि सन्तान प्राप्तिको इक्षा त्याग्न अहिलेको समयमा उचित निर्णय होइन । प्रविधिले त अब विश्व हाक्ने बेला भइसकेको छ । अहिले त बिभिन्न प्रविधि प्रयोग गरि सन्तान प्राप्तिको सुख प्राप्त गर्न सकिने जमाना आएको छ । जीवनमा उत्पन्न हुने हरेक समस्याको समाधान निकाल्न सकिन्छ र समस्या उत्पन्न हुँदा हार नमान्नु नै सबै भन्दा राम्रो निर्णय हुन जान्छ ।

News and Articles

You may also like

Untitled design (29)

Male Infertility Treatment: Best Medical and Natural Solutions

Introduction Male infertility contributes to nearly 40–50% of being unable to conceive naturally making it a majo...

Dr Usha

Meet Dr. Usha Karki: Leading Fertility Specialist at National IVF – The Best IVF Center in Nepal

Introduction: Hope Begins Here Infertility is an emotional and physical journey that affects thousands of couples in Ne...

Untitled design (29)

Fertility Treatment for Couples in Nepal: An In‑Depth Guide

Introduction For many couples, the journey to parenthood is one of hope, dreams and sometimes, unexpected challenge. In...

WhatsApp-icon
phone-icon